एमाले परित्याग गर्दै नेकपाको टिकट लिएर निर्वाचनमा होमिए पूर्वमन्त्री अम्बिर गुरुङ


पार्टीले टिकट नदिएपछि ओखलढुंगा एमालेका प्रभावशाली नेता अम्बिरबाबु गुरुङ एमाले परित्याग गरि नेकपामा प्रवेश गरेका छन् । प्रदेशका पूर्व मन्त्री समेत रहेका गुरुङ एमालेले टिकट नदिएपछि नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह (तारा) लिएर निर्वाचनमा होमिएका हुन् ।

नेकपा एमालेको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला कमिटीको विस्तारित बैठकमा नेता कार्यकर्ताले गुरुङको नाम एकल रुपमा सिफारिस गर्न र उनलाई उम्मेदवार बनाउन माग गरेका थिए । जिल्ला कमिटीले गुरुङसहितका ५ जनाको नाम सिफासिर गरेको थियो । तर पार्टी नेतृत्वले जिल्लाबाट सिफारिस भएका नाम भन्दा फरक केन्द्रीय सदस्य अस्मिता थापालाई उम्मेदवार बनाउने निर्णय गरेपछि गुरुङले विद्रोह गरेका हुन् ।

आजै एमाले परित्याग गरेका गुरुङ नेपाली कम्यूनिष्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर टिकट लिएर उम्मेदवारी दर्ताका लागि ओखलढुंगा हिँडेका छन् ।

गुरुङ ओखलढुंगामा विकासवादी नेताका रुपमा परिचित छन् ।