सुनसरी–१ बाट हर्क साम्पाङले गराए उम्मेदवारी दर्ता

साम्पाङले २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए।


श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी–१ बाट मनोनयन दर्ता गरेका छन् ।

मनोनयन दर्ता गराउन उनी समर्थकहरूसहित आयोगको कार्यालय पुगेका थिए ।

२०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए । मनोनयन दर्ता गरेपछि साम्पाङले अब संघीय सरकारको नेतृत्व गर्ने बताए ।