बालेन शाहले गराए उम्मेदवारी दर्ता


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मनोनयन दर्ता गरेका छन् ।  दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गरेका हुन् ।

समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

बालेनलाई ठाउँ-ठाउँमा कलससहित स्वागत गरिएको थियो ।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उनी राजनीतिमा होमिएका हुन् ।