विभिन्न माग राखेर अनसनरत डा. निकोलस भुसालसँग वार्ता गर्न सरकारले वार्ता समिति गठन गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालको नेतृत्वमा जनसम्पर्क सल्लाहकार गोविन्द तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा. भीष्मकुमार भूसाल र काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेल सदस्य रहेको समिति गठन गरिएको हो।
मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, जेन–जी विद्रोहमाथि भएको दमनमा संलग्नहरूलाई कारबाही गर्नुपर्नेलगायतका माग राख्दै भुसालले अनसन सुरु गरेका हुन्।
पुस ८ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनसनमा बसेका उनको स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया