काठमाडौंको गोकर्णेश्वरबाट नक्कली नोटसहित ६ जना पक्राउ


काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेल चोकबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोटसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शंखरापुर नगरपालिका–४, साँखु बस्ने सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिका–२ घर भएका ३२ वर्षीय दावा नोर्वु शेर्पासहित ६ जना रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले बुधबार राति उनीहरूलाई नक्कली नोटसहित नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू नक्कली नोटको कारोबारमा संलग्न रहेको आशंका गरिएको प्रहरीले जनाएको छ ।