सुनसरीमा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसी गाउँपालिका–१ का विजय साह रहेको प्रहरीले बताएको छ ।
“राति १ बजे गोली चलेको खबर आएपछि प्रहरीको टोली घटनास्थल पुग्दा विजय साह मृत फेला परेका थिए,” जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार घटनास्थलमा गोलीका खोका फेला परेका हाे ।
साहले सिटी रिक्सामा चिनी, सरफलगायत सामान ल्याउँदै गरेको देखिएको डीएसपी खड्काले बताए । उनका अनुसार घटनास्थल भारतीय सीमाबाट करिब ५०० मिटरको दूरीमा रहेको छ ।

प्रतिक्रिया