सरकारसँग असन्तुष्ट जेनजी समूहले आजबाट विरोध प्रदर्शन गर्दै छ । बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने जेनजी समूहले बताएको छ ।
आन्दोलनबारे जेनजी अगुवा मिराज ढुंगाना भन्छन्, “हामी कोही कसैबाट पनि परिचालित भएका छैनौँ । सुरुआती दिनहरूदेखि नै हाम्रा मागहरू स्पष्टै छन् । फेरिएका पनि छैनन् । आन्दोलन शान्तिपूर्ण हुन्छ ।”
आफैँले बनाएको सरकारले जेनजीका माग र मुद्दाहरू ‘अपहरण’ गरेको भन्दै विभिन्न जेनजी समूहहरूले प्रधानमन्त्रीको १०० दिन पुगेकै दिन आन्दोलनको घोषणा गरेका हुन् ।

प्रतिक्रिया