नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदै छ । मध्याह्न १२ देखि साँझ ६ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।
मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने एमालेले जनाएको छ । १० विद्युतीय भोटिङ मेसिन ‘ब्याकअप’मा राखिने भएको छ ।
एमालेले गत बिहीबार विद्युतीय भोटिङ मेसिन प्रयोगका लागि सम्झौता गरेको थियो । शुक्रबार विद्युतीय भोटिङ मेसिन एमाले पार्टी कार्यालय च्यासलमा राखेर नमुना भोटिङ समेत गरिएको थियो ।
महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जनाले उमेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतिक्रिया