यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि आजदेखि देशभर रुट परमिट (अनुमति) खुला गरिएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार चाडपर्वको समयमा यात्रु आवागमन सहज बनाउन यो व्यवस्था गरिएको हो । असोज २२ गतेसम्म लागू हुने उक्त निर्णयअनुसार अब रुट नलिई पनि सार्वजनिक सवारी साधन गन्तव्यस्थलसम्म जान सक्नेछन् । तर, कुनै विशेष मार्गमा निषेधित आकार–प्रकारका सार्वजनिक सवारी साधनमा भने पुरानै बन्देज कायम रहनेछ ।
महासङ्घले यात्रुवाहक सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुलाई अनिवार्य रूपमा टिकट लिनुपर्ने व्यवस्था गरिएको पनि जनाएको छ ।
यस्तै, सरकारको निर्णयअनुसार खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी साधनलाई नारायणघाट–काठमाडौं सडक खण्डमा आजदेखि पूर्णिमासम्म सञ्चालनमा रोक लगाइनेछ ।
प्रतिक्रिया