जल तथा मौसम विज्ञान विभागले आज दिउँसोदेखि रातिसम्म देशभर सामान्य बदली रहने जनाएको छ ।
विभागका अनुसार आज दिउँसो बागमती र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भूभागमा सामान्यतया बदली रहने र बाँकी क्षेत्रमा आंशिक बदली रहने विभागले जनाएको छ । यस अवधिमा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा मधेश, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।
मौसमी विश्लेषणअनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । साथै, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा देखिएको छ ।
प्रतिक्रिया