पुनर्निर्माण कोष र स्मारक पार्क निर्माण गरिने

साझा प्रेस
0
Shares

जेनजी आन्दोलनले पुर्याएको क्षतिको प्रत्यक्ष जवाफस्वरूप सरकारले पुनर्निर्माण कोष स्थापना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निजी तथा सार्वजनिक संरचनाको पुनर्निर्माणलाई संस्थागत गर्न कोषमार्फत स्रोत जुटाउने र सबै पक्षलाई योगदान दिन आव्हान गर्ने निर्णय गरेको हो ।

सरकारको यो निर्णयलाई केवल भौतिक संरचना मात्र होइन, समाजसँग मेलमिलाप र सहअस्तित्वको संकेतका रूपमा पनि हेरिएको छ ।

त्यस्तै, बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झनामा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने कार्ययोजना बनाउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । स्मारक पार्कलाई आगामी पुस्तालाई लोकतान्त्रिक मूल्य र नागरिक आन्दोलनको सन्देश दिने स्थलका रूपमा विकास गर्ने तयारी छ ।

विश्लेषकहरूका अनुसार पुनर्निर्माण कोष र स्मारक पार्कको योजना सरकार आन्दोलनप्रति कठोर मात्र नभई संवेदनशील र जिम्मेवार देखिन चाहने रणनीति हो ।