नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएपछि काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा भर्ना भएकी छन् ।
छाती दुख्ने समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरी उपचार थालिएको हो । अध्यक्ष श्रेष्ठ पहिलेबाटै मुटु सम्बन्धी रोगी हुन् । गत वर्ष उनको मुटुको शल्यक्रिया समेत गरिएको थियो ।
पुनः स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अस्पताल भर्ना गरिएकी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया