बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चुलिँदै गएपछि संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज मंगलबारबाट औपचारिक प्रक्रिया अघि बढ्ने भएको छ। नेपाली कांग्रेस संसदीय दलका सचिव तथा सांसद कृष्ण तामाङले आज बिहान १० बजेबाट अविश्वास प्रस्तावमाथिको प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्। ९ साउनमा प्रदेशसभा सचिवालयअन्तर्गत हेटौंडास्थित दलको…