सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अञ्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले ढाका सिलाई–बुनाई तालिम सञ्चालनका क्रममा प्रशिक्षकसँग घुस मागेको र उक्त रकम छोराको बैंक खाताको क्यूआर कोडमार्फत लिएको आरोपमा उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। आयोगका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा…