नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले तुइनखोला सडकखण्डमा पहिरो रोकथामको काम गर्न अर्को सूचना जारी नभएसम्मका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ।
यद्यपि, काठमाडौँ हुँदै मुग्लिन–आँबुखैरेनी भएर पोखरा जाने तथा सोही मार्गबाट काठमाडौँ फर्किने सवारीसाधन भने नियमित रूपमा सञ्चालन हुनेछन्।
तुइनखोला क्षेत्रमा पहिरो रोकथामको कामलाई सुरक्षित र प्रभावकारी रूपमा अघि बढाउन सडक आवागमन बन्द गरिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया