काठमाण्डौ उपत्यकामा आज छिटपुट वर्षा भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पूर्वतर्फ सर्दै गएको र यसको प्रभावले काठमाण्डौमा पनि हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिम क्षेत्रमा भने कतै वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । ती क्षेत्रमा गएरातिदेखि नै वर्षा र हिमपात…