गृहमन्त्रीको राजीनामाको मागसँग जोडिएको राजनीतिक गतिरोधका कारण मंगलबारको प्रतिनिधिसभा बैठक पुनः स्थगित गरिएको छ। अब अर्को बैठक बुधबार जेठ २१ गते दिउँसो १ बजे बस्नेछ। मंगलबार बिहान ११ बजेका लागि तोकिएको बैठक सुरुमा दिउँसो २ बजे सारिएको थियो । तर, विपक्षी दलहरूसँगको छलफलले सहमतिको मोड लिने नसकेपछि बैठक फेरि स्थगित गरिएको हो। विपक्षी दलहरूले गृहमन्त्री…