अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी सोलुखुम्बुले झण्डै तीन सय विद्यार्थीहरुलाई कलम उपहार दिएको छ । आजबाट सुरु भएकाे एसईई परीक्षामा सहभागी हुन आएका जनजागृती माध्यमिक र जनजागृति आधारभूत विद्यालय केन्द्रका परीक्षार्थीहरुलाई परीक्षा सफलतापूर्वक सम्पन्न गर्न शुभकामनासहित कलम उपहार दिएको हो। एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुलाई उर्जा, हाैसला र प्रेरणा मिलाेस भन्ने उद्देश्यका…