राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालको अध्यक्षमा भूमिका सुब्बा निर्बिरोध निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनले सुब्बाको नेतृत्वमा ९९ सदस्यीय सर्वसम्मत केन्द्रीय कमिटी चयन गरेको हो । महाधिवशेनमा अध्यक्ष प्रेमनाथ अधिकारीले सुब्बालाई अध्यक्षका लागि प्रस्ताव गरेका थिए । यसअघि कार्यसमितिका उपाध्यक्ष सुब्बा लामो समयदेखि जनसाँस्कृतिक महासंघमा आवद्ध छिन् । उनी पूर्वमन्त्री तथा पाँचथरबाट निर्वाचित…