बर्तमान सरकारले आइतबारदेखि निर्वाचन सुरक्षा रणनीति कार्यान्वयनमा लैजाने तयारी गरेको छ । गतसाता राजनीतिक दलका नेताहरूसँग प्रारम्भिक परामर्श अघि बढाएको सरकारले आगामि दिनमा सुरक्षालाई केन्द्रमा राख्ने रणनीति बनाएको हो । आइतबार बस्ने केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत सुरक्षा योजनाको समीक्षा गर्दै नीतिगत निर्देशन दिनेछ । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार अपराह्न सामाजिक सञ्जाल एक्समा लेख्दै राष्ट्रपतिको…