निर्वाचनमा सवारीसाधन कडाइ: अनुमति बिना प्रचार गरे सिधै नियन्त्रणमा

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले कडा सवारीसाधन व्यवस्थासहितको प्रस्तावित आचारसंहिता सार्वजनिक गरेको छ। आचारसंहिताअनुसार अब अनुमति नलिई कुनै पनि उम्मेदवार वा दलले सवारीसाधन प्रयोग गरेर निर्वाचन प्रचार गर्न पाउने छैनन्। प्रस्तावित आचारसंहितामा अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सवारी प्रयोग गरी प्रचारप्रसार, जुलुस वा प्रचार सामग्री प्रदर्शन गरेमा त्यस्ता सवारीसाधन तत्काल…