भैंसेपाटीस्थित मन्त्रीहरुकाे हेलिकप्टरमार्फत उद्धार, सेनाको हवाई फायर

जेनजी आन्दोलन चर्किँदै जाँदा भैंसेपाटीस्थित मन्त्री आवास क्षेत्र असुरक्षित बनेपछि मन्त्रीसहितका व्यक्तिहरूलाई सेनाका हेलिकप्टरमार्फत बाहिर निकालिएको छ । प्रदर्शनकारी ठूलो संख्यामा मन्त्री क्वार्टरतर्फ अघि बढेपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन नसक्दा मन्त्रीहरू र उनीसँगै रहेका परिवारजनलाई सेनाका ६ वटा हेलिकप्टर प्रयोग गरी सुरक्षित स्थानतर्फ सारिएको हो । त्यहीबेला प्रदर्शनकारीहरूले मन्त्री क्वार्टर क्षेत्रमा आगजनी गरेका थिए ।…