तीव्र उभारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो नेतृत्व संरचनालाई थप स्पष्ट पार्दै कविन्द्र बुर्लाकोटीलाई पार्टीको महामन्त्रीमा नियुक्त गरेको छ। पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा बसेको केन्द्रीय समिति बैठकले यसअघि कार्यवाहक भूमिकामा रहेका बुर्लाकोटीलाई अब औपचारिक रूपमा पूर्ण महामन्त्रीको जिम्मेवारी दिएको हो। बुर्लाकोटीलाई मुकुल ढकालमाथि अनुशासनात्मक कारबाहीपछि कार्यवाहक महामन्त्री बनाइएको थियो। अब कार्यवाहक पद…