वर्तमान सरकार वैधानिक र लोकतान्त्रिक दुवै विधि मिचेर बनेकाे सरकार:केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार वैधानिक र लोकतान्त्रिक दुवै विधि मिचेर बनेकाे सरकार भएकाे बताउनुभएकाे छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको विघटित संसदीय दलको बैठकलाई मंगलबार सम्बोधन गर्दै उहाँले प्रतिनिधि सभा विघटनदेखि नयाँ सरकार निर्माणसम्मका सबै प्रक्रिया संविधानविरुद्ध, अलोकतान्त्रिक र नियोजित सत्ता कब्जाको परिणाम भएकाे बताउनुभयाे । उहाँले भन्नुभयो, ‘संसदको विघटन…