नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज तेस्रो दिनमा प्रवेश गरेको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महाधिवेशनको बन्दसत्र बिहान ८ बजेबाट सुरु हुने छ, जसमा प्रस्तुत सातवटा प्रतिवेदनमाथि प्रदेश, जनसङ्गठन तथा विभागीय संरचनाबाट आएका समूहगत सुझाव प्रस्तुत गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। सात प्रतिवेदनमाथि समूहगत छलफल महाधिवेशनमा प्रस्तुत राजनीतिक, विधान संशोधन,…