ओली र प्रचण्डबिच भेटवार्ताः निर्वाचनको वातावरण बनाउनेबारे छलफल

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । आइतबार ललितपुरको च्यासलमा भएको भेटवार्तामा निर्वाचनको वातावरण बनाउने विषयमा कुराकानी केन्द्रित भएको दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए। त्यसबाहेक दुई नेताबीच राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने विषयमा पनि छलफल भए पनि त्यसबारेमा टुङ्गो लागिसकेको छैन। प्रतिनिधिसभाको निर्वाचन हुनुअघि राष्ट्रिय…