सबै सम्प्रदायबीच सद्भाव कायम राख्न मधेशी, थारु र मुस्लिम आयोगको अपिल

 मधेशी, थारु र मुस्लिम आयोगले सामाजिक सद्भाव विथोलिने खालका कार्यक्रम नगर्न आग्रह गरेका छन् । ती आयोगले विज्ञप्ति निकालेरै सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव र मैत्री कायम गर्न आग्रह गरेका हुन् । ‘नेपाली समाज सदियौंदेखि आपसी सद्भाव, सहिष्णुता र एक अर्काप्रति सम्मान कायम गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, धर्म एवम् सम्प्रदाय एक आपसमा मिलेर बसेको…