आउँदो फागुन २१ को चुनावका लागि प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ शुरु भएको छ । आवश्यक झन्डै २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ कार्य शुरु भएको निर्वाचन आयोगले जनाएको छ । अबको १५ दिनभित्र मतपत्र छपाइको काम सम्पन्न हुने र क्रमशः निर्वाचन केन्द्रमा ढुवानी गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।…