नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन्। साहले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई राजीनामा पत्र बुझाएका हुन्। स्रोतका अनुसार, अध्यक्ष प्रचण्डले नै उनलाई राजीनामा दिन निर्देशन दिएका थिए। मधेश प्रदेशमा माओवादी केन्द्रका ९ जना सांसद छन्। तीमध्ये बहुमत सांसदले साहलाई दलको नेताबाट हटाउन दबाब दिँदै आएका थिए।…