नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको आठौँ विस्तारित बैठक भोलि बिहीबार दिउँसो ३ बजे भर्चुअल माध्यममार्फत बस्ने भएको छ। जिल्ला कमिटीका अध्यक्ष डुफ कुमार बास्तोलाका अनुसार बैठकमा नेकपा एमालेको विधान महाधिवेशनमा पेश हुने संशोधन प्रस्ताव प्रस्तुत गर्ने र त्यसबारे सुझाव संकलन गर्ने कार्यसूची तय भएको छ। यस्तै, बैठकमा केन्द्रीय कमिटी र कोशी प्रदेश कमिटीको अन्तर कमिटी…