महाकुलुङ गाउँपालिकाको वजेट निर्माण कार्यतालिका सार्वजनिक

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट तथा योजना निर्माण प्रक्रिया सुरु गरेको छ। गाउँपालिकाको जेठ २० गते बसेको गाउँ कार्यपालिकाको बैठकले वजेट निर्माण कार्यतालिका स्वीकृत गरेको हो । गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङका अनुसार कार्यतालिका स्वीकृत भएसँगै वजेटको पूर्व तयारी जेठ महिनाभित्रै सम्पन्न गरिनेछ भने असार १० गते गाउँसभामा वजेट पेश गरिने…