रौतहटको गौरमा सुटकेशभित्र महिलाको शव फेला

रौतहटको गौर नगरपालिकामा सडक किनारमा सुटकेशभित्र कोचेर राखिएको एक महिलाको शव फेला परेको छ। गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै शनिबार राति डोरीले बाँधिएको अवस्थामा सुटकेश देखिएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की नेतृत्वको टोलीले आइतबार बिहान सुटकेश खोल्दा अन्दाजी ३० वर्षीया महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। डिएसपी कार्कीका अनुसार महिलाको शव कोचेर…