प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणमा आज बिहान प्रस्थान गरेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको विशेष निमन्त्रणमा भएको यो भ्रमणलाई नेपाल–चीन सम्बन्ध र क्षेत्रीय कूटनीतिक सन्तुलनको दृष्टिले महत्त्वपूर्ण मानिएको छ। ओली प्रधानमन्त्री बनेपछिको दोस्रो चीन भ्रमण हो। उनी आगामी भदौ १८ गतेसम्म चीनमा रहनेछन्। यस अवधिमा उनले उत्तरी चीनको तियान्जिनमा हुने सांघाई सहयोग…