माधव नेपाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। चिसोका कारण रुघा, खोकी र ज्वरोको लक्षण देखिएपछि उनलाई बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ। नेता नेपालका सहयोगी लक्ष्मण रेग्मीका अनुसार अवस्था जटिल भने छैन। चिकित्सकको सुझावअनुसार सावधानीका लागि एक दिन अस्पतालमा राखेर उपचार गरिएको हो। आज बिहीबार…