रास्वपा–उज्यालो नेपालबीच शक्ति सन्तुलनमा सहमति नजुट्दा एकता असफल

वैकल्पिक राजनीतिका नाममा अघि बढिरहेका दुई शक्ति—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित उज्यालो नेपाल पार्टी—बीचको एकता प्रयास नेतृत्व र पद बाँडफाँटमै अड्किएर असफल भएको छ। दुवै पक्षबीच विचार र एजेन्डाभन्दा बढी पार्टी संरचना, पद र पहिचानका विषयमा मतभेद चर्किँदा बहुप्रतीक्षित एकता सहमति टुटेको हो। संवादमा सहभागी नेताहरूका अनुसार उज्यालो नेपाल पक्षले वरिष्ठ उपसभापति,…