नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को निवास ललितपुरको हरिसिद्धि पुगेका छन्। उनी विप्लवसँग पछिल्ला राजनीतिक घटनाक्रम, समाजवादी मोर्चा निर्माण र पार्टी एकता सम्भावनाबारे छलफलमा जुटेका छन्।प्रचण्डको सचिवालयका अनुसार भेटवार्तामा मुख्यतया माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच एकताको एजेण्डा केन्द्रित रहेको छ। हालै सम्पन्न माओवादी केन्द्रको स्थायी…