टी–२० विश्वकप छनोटअघि आत्मविश्वासले भरिएको नेपाल

ओमनविरुद्धको बलिङ, कतारविरुद्धको ब्याटिङ र वेस्ट इन्डिजविरुद्धको ताजा प्रदर्शन—यी सबैले नेपाललाई टी–२० विश्वकप छनोटअघि आत्मविश्वासको उच्च स्तरमा पुर्‍याएका छन्। बलियो टेस्ट राष्ट्रविरुद्धको शृङ्खलामा प्रभावशाली खेल देखाएको नेपाली टोली अहिले उत्कृष्ट लयमा देखिन्छ। यसै हप्तादेखि ओमनमा सुरु हुन लागेको आइसिसी टी–२० विश्वकप एसिया तथा इएपी छनोटमा नेपाललाई सबैभन्दा बलियो दावेदारका रूपमा हेरिएको छ। वेस्ट इन्डिजले नेपाललाई…