जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति

जेनजी आन्दोलनमा ज्यान गुमाउने सबैलाई सरकारले शहीद घोषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०–१० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले यसबारे जानकारी दिएका हुन्। उनका अनुसार आन्दोलनका क्रममा घाइते भएकाहरूको सरकारले पूर्ण रूपमा निःशुल्क उपचारको व्यवस्था मिलाउने पनि प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन्। भदौ २३…