थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्र वितरण शिविरमा ५ सयभन्दा बढी स्थानीयले सेवा लिएका छन् । वडा कार्यालय परिसरमै दुई दिनसम्म चलेको शिविरमार्फत ५ सय ४८ जनाले सेवा लिएको वडा अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र पछिल्लो समय गाउँपालिकाबाटै वितरण भइरहेको…