राजधानी काठमाडौंमा जेन-जीले सोमबार गर्ने भनिएको शान्तिपूर्ण प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा तयारी कडा पारेको छ। माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्रमा हुने भनिएको प्रदर्शनलाई ‘अनुमति प्राप्त भए पनि अनिश्चित’ भन्दै प्रशासन र सुरक्षासंस्थाले विशेष रणनीति बनाउन थालेका हुन्। जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारी छवि रिजालको संयोजकत्वमा सुरक्षा समितिको बैठक डाकी सम्भावित…