मेरा पिकमा एक आरोहीको ज्यान गयो

सोलुखुम्बुको मेरा पिक क्षेत्रमा खराब मौसमका कारण हराएका दुई आरोहीमध्ये एक कोरियन नागरिक मृत भेटिएका छन् भने साथमा रहेका नेपाली पर्वतीय गाइड सकुशल उद्धार भएका छन् । नेपाल नेसनल माउन्टेन गाइड्स एसोसिएसनका अध्यक्ष तुलसीसिंह गुरुङका अनुसार शनिबारको खराब मौसमपछि ४६ वर्षका कोरियन नागरिक तेजुङ पार्क र नेपाली शेर्पा गाइड तेम्बा शेर्पा बेपत्ता भएका थिए ।…