नेपालले मलेसियासँगको टी–२०आई शृंखला ३–२ ले जित्यो

नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ । बुधबार विहान कुआलालम्पुरमा सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले घरेलु टोली मलेसियालाई ५ विकेटले पराजित गर्दै शृंखला ३–२ ले आफ्नो पक्षमा पारेको हो । पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०३ रनको योगफल बनाएको थियो । कप्तान…