थुलुङ दुधकोशी गाउँपालिका–७ देउसा क्षेत्रमा उत्पादन भएको फूल पहिलोपटक काठमाडौंमा लगेर बिक्री गरिएको छ । बिक्रीबाट प्राप्त रकम गाउँ फर्किएपछि स्थानीय उत्पादक कृषकलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले बताएका छन् । यो वर्ष कुल ७१ घरधुरीले फूल उत्पादन गरी बजार उपलब्ध गराएका थिए । उत्पादन मात्रा र गुणस्तर अनुसार एक घरले…