मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्धको परेको रिटमा बिहीबारदेखि शुरु भएको बहस आज पनि जारी रहने भएको छ । बिहीबार विपक्षीको बयान नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आज पनि सुनुवाइ हुन लागेको हो । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा यो मुद्दाको सुनुवाइ भइरहेको छ । कात्तिक २३ गते मुख्यमन्त्री नियुक्तिको विरोधमा…