नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठक दिउँसो बस्ने गरी हालका लागि टुंगिएको छ । पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वान गरेर जारी राखेको छ भने अर्को पक्षले विशेष महाधिवेशनलाई स्वीकार्न तयार भएको छैन । पार्टीमा सहमति खोज्नका लागि विहानदेखि तीन पक्षका नेताहरु संवादमा जुटेका थिए । वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेता…