सुन तोलामा २ हजार रुपैयाँले घट्यो

हिजो ४ सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदी तोलामा १ सय रुपैयाँले घटेर तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।