हुसेन तलतको अर्धशतकमा कर्णालीले बनायो १५३ रन


नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको हो ।

कर्णालीका लागि हुसेन तलतले सर्वाधिक ५१ रन बनाए । उनले ३३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित अर्धशतक पूरा गरे ।

यस्तै, ओपनर अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र २ छक्कासहित ३५ रन जोडे । गुल्सन झाले ६ बलमा १ चौका र २ छक्काको मद्दतमा १८ रन बनाए भने पवन सर्राफले १५ रनको योगदान दिए ।

यस सिजन पहिलो खेल खेल्दै ओपनिङमा आएका चसिन शर्मा खाता नखोली आउट भए । दीपक डुम्रेले ७, कप्तान डेभिड मिलरले ५, सोमपाल कामीले ४ र मार्क वाटले ६ रन बनाए । नन्दन यादव २ रनमा अविजित रहे ।

बलिङतर्फ चितवनका कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले समान २ विकेट लिए । यस्तै, रिजन ढकाल र कप्तान सिकन्दर राजाले १–१ विकेट हात पारे ।

अब चितवन राइनोजले जितका लागि २० ओभरमा १५४ रन बनाउनुपर्नेछ ।