नेपाल पत्रकार महासंघको आह्वानमा काठमाडौंको माइतीघरमा पत्रकारहरूले प्रदर्शन गरिरहेका छन्।
पत्रकार पक्राउ, सञ्चारगृहमा धरपकड तथा समाचार कक्षमा सरकार र प्रहरीको हस्तक्षेप बढेको भन्दै महासंघले विरोध प्रदर्शन गरेको हो।
वर्षा र झरीको बेवास्ता गर्दै प्रदर्शनमा सहभागी हुन पत्रकारहरू माइतीघर पुग्ने क्रम जारी छ। प्रदर्शनमा सहभागी पत्रकारहरूले सरकारी कार्यशैलीको विरोधमा नाराबाजी गरेका छन्।
प्रदर्शनलाई नेपाल पत्रकार महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट र वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले सम्बोधन गरेका छन्।

प्रतिक्रिया