अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नभए पुनः सैन्य अभियान सञ्चालन गर्न सक्ने बताएका छन्। उनले इरानसँग वार्तामार्फत सहमति हुने सम्भावना पनि औँल्याएका छन्।
शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभामा ट्रम्पले अमेरिकाले फेरि ‘एपिक फ्युरी’ जस्तै छोटो सैन्य अभियान सञ्चालन गर्न सक्ने बताएका हुन्।
‘हामी फेरि अर्को छोटो ‘एपिक फ्युरी’ जस्तो अभियान चलाउन सक्छौँ वा उनीहरूले सम्झौता गर्न सक्छन्,’ ट्रम्पले भने।
उनले इरानले समझदारी देखाउने हो भने गम्भीर वार्ताका लागि प्रस्ताव अघि सार्नुपर्ने बताए। तर, इरानले त्यस्तो प्रस्ताव अघि सार्नेमा आफूलाई शंका रहेको पनि उनले उल्लेख गरे।
ट्रम्पले इरानको अर्थतन्त्र विश्वकै खराब अर्थतन्त्रमध्ये एक भएको दाबी गर्दै अमेरिकाले इरानलाई ठूलो क्षति पुर्याएको बताए।
यसअघि शुक्रबार नै ट्रम्पले अमेरिकाले इरानसँगको युद्ध चाँडै अन्त्य गर्न सक्ने बताएका थिए। तर, उनले युद्ध तत्काल अन्त्य गर्ने प्रयास गर्नु उचित हुन्छ वा द्वन्द्वलाई क्रमशः शान्त हुन दिनुपर्छ भन्ने प्रश्नसमेत उठाएका थिए।
ट्रम्पका पछिल्ला अभिव्यक्तिमा इरानसँग सम्झौता गर्ने सम्भावना र पुनः सैन्य अभियान सञ्चालन गर्न सकिने विकल्प उल्लेख गरिएको छ।

प्रतिक्रिया