नेकपा एमालेका संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापाले बिहीबार संसदमा गरेको सम्बोधनप्रति नेता सुरेन्द्र पाण्डेले असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्– ‘हिजो संसदमा “षड्यन्त्र”का लामा कथाहरू सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो-सबै दोष अरूलाई! हामी पनि दोषी छौँ । यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ? अब यो ‘घेराबन्दी’मा पर्यौँ भन्ने “राष्ट्रवादी” राजनीति निकै पुरानो भयो। अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन्।’
उनी थप भन्छन्– ‘आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगरौँ। २३–२४ छानबिन हुनुपर्छ–तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन।’
थापाको सम्बोधन विवादमा परेपछि यसबारे छलफल गर्न आज नेकपा एमालेको सचिवालय बैठक बस्न गइरहेको छ ।

प्रतिक्रिया