देशका धेरै स्थानमा शुक्रबार र शनिबार (चैत १३–१४) वर्षाको पूर्वानुमान छ । ‘मध्यम’सम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसोदेखि वर्षाको पूर्वानुमान छ । पश्चिमबाट सुरु हुने वर्षा बिस्तारै पूर्वसम्म फैलने महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए ।
“भोलि (शुक्रबार) दिउँसोबाट पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पर्नेजस्तो देखिन्छ । अघिल्लो हप्ताको जस्तो लगातार पानी पर्ने सम्भावना भने नरहेको उनले प्रस्ट पारे ।
गएको शुक्रबार (चैत ६)देखि सक्रिय भएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शनिबार (चैत ७)सम्म देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङ, असिना र हावाहुरीसहित पानी परेको थियो । केही स्थानमा ‘भारी’सम्म वर्षा भएको थियो । त्यो प्रणाली सोही शनिबार राति पूर्वी भूभाग हुँदै बाहिरिएको थियो ।

प्रतिक्रिया