काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबहाक बस तामाकोशी नदिमा खसेको छ । ओखलढुंगाको खिजीदेम्बाको रगनी पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको ९९७५ नम्बरको बस रामेछापको मसानटार त्रिवेणीघाट नजिकै दुर्घटना भएको हो ।
बस सुनकोशी र तामाकोशी नदिको संगममा कोशीमा डुबेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजन तिमल्सिनाका अनुसार उद्दारको काम भईरहेको छ । नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयहरु उद्दारमा जुटेका छन् ।
प्रहरीका अनुसार हालसम्म ४ जनाको शव निकालिएको र ५ जना घाइतेको उद्धार गरि उपचारका लागि सुनकोशी सामुदायिक अस्पताल खुर्कोट पठाइएको छ ।
अहिले बस भित्रका मानिस र सामानलाई निकाल्ने कार्य जारी छ । केही शवहरु कोशीमा बगेको अवस्थाबाट निकालिएको छ ।
बसमा कति यात्रु थिए यकिन हुन बाँकी छ ।
अरनिको यातायात समितिका अनुसार जडिबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए। बसमा चालक, सहचालक र बस व्यवसायी ३ गरी जम्मा ११ जना सवार थिए । काउन्टरबाट टिकट काट्ने भन्दा बढी बीचबाटोबाट यात्रुहरु चढ्ने गरेकाले यकिन संख्या खुल्न सकेको छैन ।

प्रतिक्रिया