रुपन्देहीमा दुर्घटना : २२ विद्यार्थी घाइते


रुपन्देहीमा स्कुल बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । जिल्लाको ओमसतियामा स्कुलबस र धान बोकेको ट्याक्टर आज बिहान साढे ६ बजे आपसमा ठोक्किँदा दुर्घटना भएको हो । 

२२ मध्ये दुईजनाको टाउकोमा चोट लागेको छ । अन्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

घाइतेमध्ये ११ जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा र बाँकीको भीम अस्पताल भैरहवामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

मणिग्रामस्थित शान्ति नमूना माविमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी घाइते भएका हुन् । 

नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ८६७५ नम्बरको बस र लु३त ३५३० नम्बरको ट्याक्टर ठोक्किएका दुर्घटना भएको हो । दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।